बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

तु खबर संवाददाता
२०७९ चैत्र २३, बिहीबार ०९:५७
file-photo

काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक हाल जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक केहीबेर अघि सुरु भएको हो ।

बैठकमा गठबन्धनको न्यूनतम साझा कार्यक्रमबारे छलफल भइरहेको छ । कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रममा ९ वटा विषयलाई प्राथमिकतामा राखिएको छ ।

सो कार्यक्रमलाई आजको बैठकले अन्तिम रूप दिने बताइएको छ । आज बस्ने गठबन्धनको बैठकले अनुमोदन गरे पछि न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुनेछ ।

नेपाली कांग्रेसका रमेश लेखक, नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टी नेपालका राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका विजय पौडेल सम्मिलित कार्यदलले सो नीति तथा कार्यक्रम बनाएको हो ।