उप–निर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुने

तु खबर संवाददाता
२०७९ चैत्र २३, बिहीबार ०८:३२

काठमाडौं । आसन्न उप–निर्वाचनका लागि उम्मेदवारी दिएकालाई आज उम्मेदवारी फिर्ताको समय तोकिएको छ । बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

त्यसपछि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यसूची रहेको छ । यस्तै, आजै उम्मेदवारलाई चुनाव चिह्न वितरण गर्ने निर्वाचन आयोगको तयारी छ ।

आगामी बैशाख १० गते चितवन–२, तनहुँ–१ र बारा–२ मा उप–निर्वाचन हुँदैछ । मतदानको लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको छ ।