१६ अंकले घट्यो नेप्स परिसूतक

तु खबर संवाददाता
२०७९ चैत्र २०, सोमबार १६:२५

काठमाडौं । साताको दोस्रो दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १६.९१ अंकले घटेर १८७१ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा सूचीकृत २६० कम्पनीको २८ लाख १२ हजार ९९० कित्ता शेयर किनबेच हुँदा ९१ करोड ५१ लाख ६७ हजार रुपैयाँमाथिको कारोबार भएको छ । नेप्से इन्डेक्स सँगै कारोबार रकम समेत घट्दै गइरहेको छ ।

नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज ब्यापार इन्डेक्स १.२१ प्रतिशतले बढेको छ भने बाँकी सबै घट्न पुगेको छ । सर्वाधिक हाइड्रोपावर उपसूचक १.३० प्रतिशतले घट्न पुगेको छ ।