उप–निर्वाचन : बारा २ मा जसपालाई समर्थन गर्ने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले बारा–२ मा जसपाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उक्त निर्णय गरेको हो ।
बारा–२ मा सत्ता गठबन्धन सम्बद्ध जनमत पार्टी र लोसपाले पनि उम्मेदवारी दिने तयारी छ । तर, कांग्रेसले जसपाको उम्मेदवारलाई समर्थन गर्ने निर्णय लिएको छ ।
त्यहाँ जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्दैछन् । लोसपाबाट राजेन्द्र महतो र जनमतबाट शिवचन्द्र कुशवाहा उम्मेदवार बन्ने छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीले रमेश खरेललाई उम्मेदवार बनाउने भएको छ ।
यस्तै, तनुहँ १ र चितवन २ मा भने कांग्रेसले आफ्नो उम्मेदवार उठाउने भएका छन् । बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले चितवन–२ मा जीतनारायण श्रेष्ठ र तनहुँ–१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ ।
