कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै

तु खबर संवाददाता
२०७९ चैत्र १८, शनिबार ०९:४१

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । बैठक बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो ।

पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । यसअघि बिहीबार कार्यसम्पादन समितिको बैठक बसेको थियो ।