दुई दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने उपप्रधानमन्त्री श्रेष्ठको दावी
काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले अबको दुई दिन भित्रै मन्त्रीपरिषदले पूर्णता पाउने दावी गरेका छन् । मन्त्रालय बाँडफाँटको विषयमा सत्तारुढ दलहरुबीच किचलो बढिरहेका बेला माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका उनले यस्तो कुराको दावी गरेका हुन् ।
शनिबार ललितपुर चेम्बर अफ कमर्शले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताउँदै त्यसको समाधानका लागि सरकार उद्योगी, व्यवसायीहरुसँग निरन्तर संवादमा रहिरहने आश्वासन दिए ।
ीबहmष् दबलप
उनले भने, ‘मुलुकको अर्थतन्त्रको अवस्था अहिले सामान्य छैन । गम्भीर नै छ । तर, हामीले त्यसलाई सकारात्मक हस्तक्षेप गर्दै समाधान गर्नुछ । सरकारको तर्फबाट मैले तपाईहरुलाई अहिले भन्ने कुरा के हो भने सरकार यसमा गम्भीर छ । एक–दुई दिनभित्रै मन्त्रिपरिषद विस्तारले पूर्णता पाउँछ । त्यसपछी हामी यसबारेमा आवश्यक परामर्श गरेर अगाडि बढ्नेछौं ।’
साथै उनले यो कुरामा सरकार गम्भिर भएको जानकारी गराउँदै नियमित छलफल र अन्तरक्रियामा रहने प्रतिबद्धता जनाए ।
