आईजीपी नियुक्तिबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै

तु खबर संवाददाता
२०७९ चैत्र १०, शुक्रबार १०:२२
file-photo

काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिबारे निर्णय गर्न आज अपराह्न ४ बजे सिंहदरबारमा बैठक बस्न लागेको हो ।

आजको बैठकले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिबारे निर्णय गर्ने बताइएको छ । आज मध्यरातिदेखि प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अवकासमा जान लागेकाले नयाँ नियुक्तिको तयारी गरिएको हो ।

बसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षकको दाबेदार छन् । मुख्य प्रतिस्पर्धा कुँवर र ज्ञवालीबीच हुने चर्चा छ ।