आज चट्याङ्गसहित वर्षाको सम्भावना

तु खबर संवाददाता
२०७९ चैत्र ९, बिहीबार ०८:११
file-photo

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । अन्य प्रदेशको पहाडी भू–भागमा भने छिटफुट वर्षा हुनेछ ।

यस्तै, आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।