उप–निर्वाचनबारे छलफल गर्न जसपाको बैठक बस्दै

तु खबर संवाददाता
२०७९ चैत्र ८, बुधबार ०८:२३

काठमाडौं । आगामी बैशाख १० गते हुने उप–निर्वाचनको बारेमा छलफल गर्न आज जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारी समितिको बैठक बस्दैछ ।

बैठक आज दिउँसो १ बजे बालकुमारीस्थित पार्टी कार्यालयमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने सो पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

बैठकमा उप–निर्वाचन, सरकारमा मन्त्री पठाउने, विधान अधिवेशन लगायतका विषयमा छलफल हुने उनले बताए ।

जसपाका प्रवक्ता मनिष सुमनका अनुसार, बैशाख १० गते चितवन, तनहुँ र बारा जिल्लाको ३ वटा क्षेत्रमा हुन लागेको उप–निर्वाचनमा पार्टीले के गर्ने त्यसको बारेमा पनि छलफल गर्नेछ ।

उप– निर्वाचनका लागि चैत्र २० गते उम्मेदवारी दर्ता गराउने कार्यतालिका तय भएको छ ।