आज यी प्रदेशका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना

तु खबर संवाददाता
२०७९ चैत्र ८, बुधबार ०८:०५
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । साथै महाशाखाले देशको पश्चिमी भू–भागमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय प्रणालीको पनि प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भू-भागका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

यस्तै, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । आगामी तीन दिन मौसममा सुधार आउने सङ्केत नदेखिएको मौसमविद्हरूले बताएका छन् ।