बुधबारदेखि मौसममा सुधार आउने

तु खबर संवाददाता
२०७९ चैत्र ७, मंगलवार १८:०२
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले बुधबारदेखि मौसममा क्रमिक सुधार हुँदै जाने जनाएको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।

वर्षासँगै चिसो महसुस पनि भइरहेको छ । यसबाट कतिपय जिल्लाको जनजीवन प्रभावित बनेको छ । मौसम सफा हुने वरिष्ठ मौसमविद शान्ति कँडेलका अनुसार, हिजोआजको तुलनामा बुधबारदेखि भने मौसममा सुधार आउनेछ ।

अहिले प्रिमनसुन सिजनको समय रहेको र यही बेला स्थानीयस्तरमा विकसित भएको प्रणालीसँगै अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायु पनि मिसिएकाले मेघगर्जन÷चट्याङसहित पानी परेको छ ।

प्रिमनसुन अघिको समयमा हावाहुरी चल्ने, चट्याङ पर्ने र पानी पर्ने हुन्छ । उच्च हिमाली भेगमा हिउँसमेत पर्ने गर्दछ ।