स्ववियु निर्वाचन : देशभर आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा मतदान सुरु

तु खबर संवाददाता
२०७९ चैत्र ५, आईतवार ०८:४२
file-photo

काठमाडौं । त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत मतदान सुरु भएको छ ।

करिब १४ वर्षपछि साठी आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमध्ये अधिकांशमा आज विद्यार्थीले नेतृत्व चयनका लागि मतदान गरिरहेका छन् ।

केही क्याम्पसहरुमा भने आन्तरिक विवादका कारण मतदान हुन सकेको छैन । बिहान ८ देखि सुरु भएको मतदान दिउँसो ४ बजेसम्म संचालन हुनेछ ।

निर्वाचनमा अहिलेसम्म दुई आङ्गिक र केही सम्बन्धनप्राप्त क्याम्पसमा निर्विरोध निर्वाचित भइसकेका छन् । प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन वि.सं. २०६५ देखि यता हुन सकेको थिएन ।