उपराष्ट्रपतिमा यादवलाई मत नदिने रास्वपाको निर्णय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उप–राष्ट्रपति निर्वाचनको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार राससहायप्रसाद यादवलाई मत नदिने निर्णय गरेको छ ।
राष्ट्रपतिमा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिएको रास्वपाले उपराष्ट्रपतिमा यादवलाई मत नदिने भएको हो । राष्ट्रपति पुरुष भइसकेपछि उपराष्ट्रपति महिला हुनुपर्छ भन्ने हाम्रो मान्यता अनुसार, यादवलाई मत आफ्नो पार्टीले मत नदिने निर्णय गरेको रास्वपाका एक नेताले बताए ।
रास्वपाले उप–राष्ट्रपतिका महिला उम्मेदवार एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा मध्ये कसलाई मत दिने खुलाएको छैन । एमाले उम्मेदवार शाक्यलाई भोट दिने सम्भावना बढी रहेको रास्वपाका ती नेताको भनाइ छ ।
जसपाका उम्मेदवार यादवलाई कांग्रेस, माओवादी र एकीकृतको पनि समर्थन छ । गठबन्धन सम्बद्ध लोसपा र नाउपाले जनमतकी उम्मेदवार झालाई समर्थन गरेको अवस्था छ ।
