हेटौंडामा मनोसामाजिक सुस्वास्थ्यबारे अन्तरक्रिया
मकवानपुर । हेटौंडामा शुक्रबार विहान मनोसामाजिक सुस्वास्थ्यका लागि मिडियाको भूमिका विषयक अन्तरक्रिया भएको छ । कोशिश नामक संस्थाको आयोजना तथा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको समन्वयमा सञ्चारकर्मीहरुसँग अन्तरक्रिया भएको हो ।
कार्यक्रममा मानसिक स्वास्थ्यका समस्या र यसमा मिडियाको भूमिकाबारे चर्चा गरिएको थियो । अहिले मानसिक स्वास्थ्यको अवस्था भयावह बन्दै गएको र आगामी दिनहरुमा यसलाई न्यूनीकरणका लागि सबै पक्षबाट उत्तिकै जोड दिनुपर्ने कार्यक्रममा सहभागिहरुले वताएका छन् ।
कार्यक्रममा कोशिशका कार्यक्रम संयोजक थमकुमारी कुवर, डब्लुएचओका डाक्टर अनुप बिसी, मनोबिद् संगिता खड्का लगायतले सहजिकरण गरेका थिए ।
उनीहरुले अहिले मनोसामाजिक स्वास्थ्य समस्या, मिडियाले यस विषयमा लेखेका समाचार र यसमा रहेका विद्यमान कानूनका विषयमा सहजिकरण गरे । कार्यक्रम पत्रकार महासंघ मकवानपुरका कार्यबाहक अध्यक्ष ध्रुव अधिकारीको अध्यक्षता रहेको थियो ।
