लोसपाले गठन गर्यो २१६ सदस्यीय केन्द्रीय समिति
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले केन्द्रीय समिति गठन गरेको छ । पार्टी गठन भएको डेढ वर्षपछि मात्र लोसपाले केन्द्रीय समिति सदस्यको नामावली तयार गरी त्यसलाई आज अन्तिम रूप दिएको हो ।
बबरमहलस्थित केन्द्रीय कार्यालयमा जारी शीर्ष नेताहरुको बैठकमा केन्द्रीय समितिको बारेमा छलफल भइरहेको छ । आज त्यसलाई अन्तिम रूप दिएर सार्वजनिक गर्ने स्रोतले जनाएको छ ।
आम चुनाव सकिएलगतै केन्द्रीय समिति गठनको तयारीमा पार्टी लागेको थियो । जिल्ला–जिल्लाबाट नामावली संकलन गरी २१६ सदस्यीय केन्द्रीय समिति गठन गरेको थियो ।
