एमालेका ८ मन्त्रीले दिए संयुक्त रुपमा राजीनामा

तु खबर संवाददाता
२०७९ फाल्गुन १५, सोमबार १५:५९

काठमाडौं । नेकपा एमालेका मन्त्रीहरुले पदबाट राजीनामा दिएका छन् । एमाले सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेलगत्तै एकालेबाट मन्त्री बनेका ८ जनाले संयुक्त रुपमा राजीनामा दिएका हुन् ।

उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई राजीनामा बुझाएका हुन् । राजीनामा दिने मन्त्रीहरुमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, कृषि मन्त्री ज्वालाकुमारी शाह, परराष्ट्रमन्त्री विमला राई पौड्याल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, रक्षा मन्त्री हरि उप्रेती, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र भूमिसुधार मन्त्री राजेन्द्रकुमार राई रहेका छन् ।

पौडेल पुस ११ मा नियुक्त भएका थिए भने अन्य मन्त्रीहरुले माघ पहिलो साता सपथ लिएका थिए । परराष्ट्रमन्त्री विमला राई पौड्याललाई प्रधानमन्त्री प्रचण्डले जेनेभा जानबाट रोकेपछि बसेको एमालेले सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।