‘राष्ट्रपति पुस १० मै टुंगो लागेको छ’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको राष्ट्रपति हुने कुरा गत पुस १० मै टुंगो लागेको बताएका छन् ।
शुक्रबार संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका हुन् । उनले भने, ‘एमालेको राष्ट्रपति हुन्छ भन्ने कुरा हामीले पुस १० गते टुंगो लगाएर बसेका छौं र भोलि राष्ट्रपतिको मनोनयन हुन्छ ।’
उनले पछिल्ला राजनीतिक घटनाक्रम र राजनीतिक समिकरण फेरबदलमा भइरहेको प्रयासबारे आफुलाई थाहा नभएको बताए ।
