उर्मिला अर्यालद्वारा राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दर्ता

तु खबर संवाददाता
२०७९ माघ २२, आईतवार १५:२३

काठमाडौं । रष्ट्रियसभा सदस्य उर्मिला अर्यालले राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनका लागि उम्मेदवारी  दर्ता गरेकी छन् । उनले आज राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेकी हुन् । राष्ट्रियसभा उपाध्यक्षको लागि सोमबार निर्वाचन हुँदैछ ।

अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ, देवेन्द्र दाहाल र खिमलाल देवकोटा समर्थक छन् । सोमबार हुने निर्वाचनका लागि सचिवालयले आइतबार उम्मेदवारी दर्ताको समय तय गरेको थियो । सोही अनुरुप अर्यालले उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेकी हुन् ।