राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता आह्वान

तु खबर संवाददाता
२०७९ पुष २४, आईतवार ०८:५३

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ २५ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि राजनीतिक दल दर्ताको लागि आह्वान गरिएको छ ।

आयोजले आइतबार एक सूचना जारी गर्दै यही पुस २५ गतेदेखि २८ गतेभित्र दल दर्ता गराउन आग्रह गरेको हो ।

लुम्बिनी प्रदेशबाट रिक्त राष्ट्रियसभा सदस्य एक पदका लागि उपनिर्वाचन हुन लागेको आयोगले जनाएको छ ।