आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली, तराईमा हुस्सु

तु खबर संवाददाता
२०७९ माघ १९, बिहीबार ०८:२२
file photo

काठमाडौं । देशका पहाडी भू–भागहरूमा आंशिक बदली भएको छ भने आज अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । यस्तै, तराईका केही भू–भागहरूमा हल्का हुस्सु लागेको छ ।

आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहनेछ भने राति प्रदेश नम्वर १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ ।

मौसममा आंशिकदेखि सामान्य बदली भए पनि पानी पर्ने सम्भावना भने न्यून रहेको छ ।