मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा ठाकुर

तु खबर संवाददाता
२०७९ माघ १५, आईतवार १७:१४

जनकपुरधाम । मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता विरेन्द्र ठाकुर नियुक्त भएका छन् ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसतमा उनलाई नेपालको संविधानको धारा १६० बमोजिम मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

नवनियुक्त मुख्य न्यायाधिवक्ता अधिवक्ता ठाकुरले आइतबार पद तथा गोपनियताको शपथ लिएका छन् । सिरहा निवासी मुख्य न्यायाधिवक्ता ठाकुरलाई उच्च अदालत जनकपुरका कामु मुख्य न्यायाधीश गुणराज ढुंगेलले शपथ खुवाएका हुन् ।