मधेश प्रदेशसभाका दुई स्वतन्त्र सांसद जसपामा प्रवेश
जनकपुरधाम । मधेश प्रदेशसभामा स्वतन्त्र निर्वाचित भएका दुई प्रदेशसभा सदस्य जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।
महोत्तरी–२ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य सुरिता साह र पर्सा–३ (१) बाट निर्वाचित प्रमोदकुमार जैसवाल जसपामा प्रवेश गरेका हुन् ।
उनीहरुलाई आइतबार पार्टी कार्यालयमा अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराएका हुन् ।
यससँगै मधेश प्रदेशसभामा जसपाको १८ प्रदेशसभा सदस्य रहनेछ । यसअघि प्रदेशसभामा १६ जना जना जसपाका सदस्य थिए ।
