आज यी चार प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

तु खबर संवाददाता
२०७९ माघ ३, मंगलवार ०८:०७
file-photo

मकवानपुर । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ। जसको प्रभावले देशका पहाडी भु–भागमामा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ भने देशको तराइका भू–भागका केही स्थानमा हुस्सु लागेको छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश एकको उच्च पहाडी तथा हिमाली भू–भागहरुका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने यो क्रम राति पनि जारी रहने छ ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात तथा तराईका भू–भागहरूमा हुस्सु लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।