मनहरी–२ मा ल्होछार विशेष साँस्कृतिक कार्यक्रम हुने

तु खबर संवाददाता
२०७९ माघ २, सोमबार १०:२२

मकवानपुर । मकवानपुरको मनहरी गाउपालिका वडा न २ मा ल्होछार विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ । कार्यक्रम रत्नलिङ गुम्बा मनहरी–२ को आयोजनामा आगामी माघ १४ गते हुने भएको हो ।

विगतका वर्षहरुमा पनि कार्यक्रम गरिरहेको हुनाले यस वर्ष पनि कार्यक्रमको आयोजना गर्न लागिएको गुम्बाका अध्यक्ष विष्णुलाल स्याङताले जानकारी दिए ।

उनका अनुसार, कार्यक्रममा तामाङ सेलो नृत्य प्रतियोगिता गर्ने, स्थानीय तथा राष्ट्रिय कलाकारहरुले प्रस्तुती रहने छ ।