मनहरी–२ मा प्रथम वडा अध्यक्ष भिमान स्मृति फुटबल हुँदै

तु खबर संवाददाता
२०८० कार्तिक १३,सोमबार १७:३४
file-photo

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–२ मा प्रथम वडा अध्यक्ष भिमान स्मृति फुटबल प्रतियोगिता हुने भएको छ ।

खेलकुद विकास समिति मनहरी–२ ले नेपालीहरुको महान पर्व शुभ दिपावलीको अवसरमा उक्त प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

प्रतियोगिता यही कात्तिक २० गतेदेखि सुरु हुनेछ । त्रिरत्न प्राविको खेल मैदान मनहरी–२ मा हुने उक्त प्रतियोगितामा सहभागी हुन कात्तिक १८ गतेसम्ममा टिम दर्ता गर्नुपर्ने आयोजकले जनाएको छ ।

टिम दर्ता गर्न ५ हजार रुपैयाँ शुल्क लाग्नेछ भने टिममा एउटा वडाका खेलाडी अर्को वडामा समावेश गर्न नपाइने जनाइएको छ ।

उक्त प्रतियोगिताको विजेता समूहले ५० हजार ५५५ रुपैयाँ र उपविजेता समूहले २५ हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।