कांग्रेसद्वारा प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी

तु खबर संवाददाता
२०७९ पुष २६, मंगलवार १६:४९
file-photo

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ ।

कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको निर्देशनमा दलका मुख्य सचेतकले पार्टीका सांसदहरुलाई ह्वीप जारी गरेका हुन् ।

संसदीय दलले ह्वीप लगाएपछि प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा असहमति जनाएका सांसदले पनि मत दिनुपर्ने बाध्यता बनेको छ । संसदीय दलको बैठकमा कांग्रेसका ५ जना सांसदले प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा असहमति जनाएका थिए ।