आजको मौसम : हिमाली क्षेत्रमा हिमपात, तराईमा बाक्लो हुस्सु

तु खबर संवाददाता
२०७९ पुष २६, मंगलवार ०८:१२
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू९भागमा आंशिक देखी सामान्य बदली रहेको छ । तराईका केही भू–भागमा हुस्सु लागेको छ।

यस्तै, आज दिउँसो देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ भने राती पनि यो क्रम जारी रहनेछ ।

उच्च पहाडी तथा हिमाली भू–भागका हिमपात र तराईमा बाक्लो हुस्सु लागेर दैनिक जन जीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।