सभापति देउवाले बोलाए पदाधिकारी बैठक
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । देउवाले शुक्रबार अपराह्न साढे ४ बजे आफ्ना निजी निवास धुम्बाराहीमा बैठक बोलाएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए ।
ती पदाधिकारीका अनुसार, संसदीय दलको बैठक र प्रधानमन्त्रीको विश्वासको मतका सन्दर्भमा छलफल गर्न देउवाले बैठक बोलाएको हो ।
नेकपा माओवादी केन्द्रले बुधवार उपमहासचिव जनार्दन शर्मामार्फत विश्वासको मत दिन कांग्रेसलाई प्रस्ताव गरेको थियो ।
राष्ट्रिय सहमतिको सरकारको आवश्यकता औँल्याउँदै शर्माले सभापति देउवालाई भेटेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारलाई विश्वासको मत दिन प्रस्ताव गरेका थिए । प्रधानमन्त्री प्रचण्डले पुस २६ मा विश्वासको मत लिने तयारी छ ।
