यस्तो रहनेछ आजको मौसम
मकवानपुर । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका धेरै भू–भागहरूमा बाक्लो हुस्सु लागिरहेको छ ।
यस्तै, आज दिउँसो प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने प्रदेश–१ को हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने राती प्रदेश–१ को पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
हिमाली भू–भागमा हल्का हिमपात र तराईका धेरै भू–भागहरूमा बाक्लो हुस्सु लाग्दा दैनिक जनजीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।
