आज यी तीन प्रदेशको हिमाली भू-भागमा हिमपातको सम्भावना

तु खबर संवाददाता
२०७९ पुष १९, मंगलवार ०८:००
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले आज बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही मध्य तराईका थोरै भू–भागमा हुस्सु लागेको छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने यी प्रदेशमा राति पनि हल्का हिमपातको सम्भावना छ ।

हिमाली भू–भागमा हल्का हिमपात र तराईका भू–भागमा हुस्सु लाग्ने भएकोले दैनिक जीवन र सडक तथा हवाई यातायातमा आवश्यक सावधानी अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।