यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, देशका हिमाली भेगमा आज हिमपातको सम्भावना रहेको छ भने तराईका क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ ।
यस्तै, आज दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहनुका साथै प्रदेश १ को हिमाली भू–भागमा पछिल्ला दिनहरुमा निरन्तर हिमपातको सम्भावना रहेको छ ।
हिमपात र हुस्सुका कारण दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभावको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।
