ओलीले सरकारमा सहभागी हुन अफर गरेपछि राप्रपाको आकस्मिक बैठक बस्दै

तु खबर संवाददाता
२०७९ पुष १०, आईतवार १६:००
file-photo

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले सरकारमा सहभागी हुन अफर गरेपछि  राप्रपाले आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय धुम्बाराहीमा पदाधिकारीसहित सांसदहरुको बैठक बसिरहेको पार्टीका केन्द्रीय सदस्य जनकराज पाठकले जानकारी दिए ।

उनका अनुसार, पूर्वध्यक्ष प्रकाशचन्द्र लोहनी, जेष्ठ सांसद पशुपति शमशेर राणासहित पदाधिकारी र सांसदहरु सहभागी रहेको बैठकमा नयाँ सरकार, राप्रपाको सहभागिताको विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।

राप्रपा स्रोतका अनुसार, एमाले अध्यक्ष निवास बालकोट बैठकमा सरकारमा सहभागी हुनका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई अफर आएको थियो । सोही अफरलगत्तै लिङ्देनले पार्टीभित्र सुरुमा अनौपचारिक छलफलका लागि आकस्मिक बोलाएका हुन् ।