सरकार गठनका लागि दाबी पेस गर्ने मिति आज सकिँदै
काठमाडौं । सरकार गठनका लागि दाबी गर्ने आज अन्तिम दिन । बहुमतसहित सरकारको नेतृत्वको दाबी गरेर आउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज साँझ ५ बजे सकिँदै छ ।
राष्ट्रपति भण्डारीले यही पुस ३ गते सूचना जारी गर्दै ७ दिनभित्र सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेकी थिइन् ।
संवैधानिक व्यवस्था अनुसार, प्रतिनिधिसभामा दुई/दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दाबी गर्न सक्नेछन् । दाबी पेस गर्ने म्याद सकिन लाग्दा पनि दलहरूले भने सहमति गर्न सकेका छैनन् ।
