आजको मौसम : हिमाली क्षेत्रमा हिमपात र तराईमा हुस्सु
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले गण्डकी र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।
आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतः सफा रहनेछ भने देशका हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
देशका हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना र तराईमा हुस्सु लाग्दा दैनिक जीवन र सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
