आजको मौसमः तराईमा हुस्सु, हिमाली भू–भागमा हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली रही तराईका केही भू-भागमा हुस्सु तथा कुहिरो लागिरहेको छ ।
आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहनेछ भने राती सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भूऔभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।
हिमाली भेगमा हल्का हिमपातको सम्भावना र तराईमा हुस्सु लाग्ने संभावना रहेको हुनाले दैनिक जीवन तथा सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।
