अतिरिक्त स्वास्थ्य सचिव बढुवामा तीन जनाको नाम सिफारिस
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बढुवा समितिले अतिरिक्त स्वास्थ्य सचिव १२ औँ तहमा तीन जनाको नाम सिफारिस गरेको छ ।
बिहीबार मन्त्रालयमा बसेको बढुवा समिति बैठकले रिक्त रहेको दुई पदमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डीन डा.श्रीकृष्ण श्रेष्ठ, लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा.विकास देवकोटा र प्रदेश अस्पताल भद्रपुरका सुपरिटेन्डेन्ट डा. टंक बराकोटीको नाम सिफारिस गरेको हो ।
बढुवा समितिद्वारा गत मंसिर ३० गते प्रकाशित सूचना अनुसार २१ जनाले व्यक्तिगत विवरण बुझाएका थिए । स्वास्थ्य मन्त्रालयले समितिले सिफारिस गरेका तीन जनामध्ये अब बस्ने मन्त्रिपरिषद्को बैठकले दुई जनालाई अतिरिक्त स्वास्थ्य सचिवमा बढुवा गर्ने मन्त्रालयले जनाएको छ ।
