नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण अगाडि सर्वदलीय बैठक बस्दै
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण अगाडि आज सर्वदलीय बैठक बस्दैछ । बैठक प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा मध्यान्ह १२ बजे बस्ने भएको हो ।
बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सर्वदलीय बैठक बस्न लागेको हो । राणाले हिजो शपथ लिएसँगै सर्वदलीय बैठक बोलाएका थिए ।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलबाट एकएक जना प्रतिनिधि र ५ स्वतन्त्र सांसदहरु सहभागी हुनेछन् ।
