राप्रपाको संसदीय दलको नेतामा राजेन्द्र लिङ्देन

तु खबर संवाददाता
२०७९ पुष ५, मंगलवार १७:११
file-photo

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएका छन् ।

मंगलबार पार्टी कार्यालयमा बसेको बैठकले सर्वसम्मत रुपमा लिङ्देनलाई संसदीय दलको नेता चयन गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी गराए ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभामा राप्रपा १४ सिटमा विजयी भएको थियो । राप्रपाबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ७ जना निर्वाचित भएका हुन् ।