राष्ट्रपतिद्वारा नयाँ सरकार गठनको आह्वान

तु खबर संवाददाता
२०७९ पुष ३, आईतवार १७:१४
file-photo

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले ७ दिनको समय दिएर आईतबार नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

उनले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम बहुमतको सरकार गठन गर्न आह्वान गरेकी राष्ट्रिपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि मिति २०७९/९/१० गते आईतबार १७ बजेभित्र दाबी पेश गर्न सम्माननीय राष्ट्रपति ज्यूबाट आह्वान भएको व्यहोरा अनुरोध छ ।’