निर्वाचनको अन्तिम नतिजा बुधबार घोषणा गर्ने
काठमाडौं । निर्वाचन आयोगले बुधबार मंसिर ४ गते सम्पन्न प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम नतिजा घोषणा गर्ने भएको छ ।
आयोगले बुधबार साढे १२ बजे पत्रकार सम्मेलन गरेर अन्तिम नतिजा घोषणा गर्न लागिएको हो । निर्वाचनको सबै प्रक्रिया सकिएसँगै आयोगले अन्तिम नतिजा घोषणा गर्न लागेको हो ।
यसअघि नै प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेकामा दलहरूले समानुपातिकको सूची पनि आयोगमा बुझाइसकेका छन् ।
