देशभर सक्रिय कोरोना सङ्क्रमित संख्या २५ जना

तु खबर संवाददाता
२०७९ मंसिर २६, सोमबार १७:३५
file-photo

काठमाडौं । देशभर कोरोना सङ्क्रमितको सङ्ख्या घटेर २५ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार १९९ जनाको नमुना परीक्षण गर्दा ७ जनामा मात्र सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा १२ जना सङ्क्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन । त्यस्तै, थप ७ हजार ६८१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।