माओवादीको पदाधिकारी बैठक आज पनि बस्दै
काठमाडौं । समानुपातिक सांसदको नाम टुंगो लगाउन नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ ।
यसअघि शुक्रबार बसेको पदाधिकारी बैठक समानुपातिक सांसदको अन्तिम सूची नटुंग्याइकनै सकिएको थियो ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजो बसेको पदाधिकारी बैठक समानुपातिक सूचीका विषयमा पुनः छलफल गर्ने गरी सकिएको थियो ।
समानुपातिक सूचीका विषयमा सरोकारवाला निकाय र कानुन विद्हरुसँग छलफल गरेर आज टुंगो लगाइने सचिव लीलामणि पोखरेलले जानकारी दिए ।
माओवादीले संघमा १४ र प्रदेशमा कुल २९ सिट पाएको छ । समानुपातिक सांसदको सूची आज ४ बजेभित्र निर्वाचन आयोगमा पेस गर्नुपर्ने समय तालिका छ ।
