एमाले सचिवालय बैठक शनिबार ११ बजे बस्ने
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक शनिबार बिहान बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार, आज दिउँसो १ बजेका लागि बोलाएको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो ।
पार्टी कार्यालय च्यासलमा बस्ने बैठकले समानुपातिक संसदको नाम टुंगो लगाउनेछ । साथै बैठकमा निर्वाचनको समीक्षा र नयाँ सरकार गठनमा पार्टीको भूमिकाको विषयमा पनि छलफल हुने बताइएको छ ।
निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने सांसदहरुको सूची शनिबारसम्म पेस गर्न दलहरुलाई समय दिएको छ ।
