जसपाले शनिबारको लागि बैठक बोलायो

तु खबर संवाददाता
२०७९ मंसिर २३, शुक्रबार १५:१२

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले समानुपातिक सांसद छान्न पदाधिकारी बैठक बोलाएको छ । बैठक मंसिर २४ गते शनिबार बिहान बस्ने गरी बोलाइएको सो पार्टीका प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले जानकारी दिए ।

उनका अनुसार, बैठक भोलि बिहान ८ बजे बस्ने गरी बोलाइएको हो । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुनेहरूको नाम क्लस्टर मिलाएर शनिबार भित्र पठाउन पत्र काटेपछि दलहरू त्यसको तयारीमा लागेका हुन् ।