राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

तु खबर संवाददाता
२०७९ मंसिर २३, शुक्रबार १०:१९
file-photo

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको छ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको हो ।

बैठकले निर्वाचनको समीक्षा एवम् प्रतिनिधि सभा तर्फको ७ र विभिन्न प्रदेशसभातर्फको १७ समानुपातिक सदस्य टुङ्गो ​ लगाउने पार्टीका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।