सशस्त्र प्रहरीको दरबन्दी थप गर्न प्रस्ताव
काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयलले नयाँ दरबन्दी थप्न प्रस्ताव गरिएको छ । कार्यालयले दरबन्दी थप गर्न गृह मन्त्रालयमा प्रस्ताव पठाएको हो ।
सशस्त्र प्रहरी बलका एकजना उच्च अधिकृतका अनुसार, सशस्त्रमा ४ हजार २ सय नयाँ दरबन्दी थप्न प्रस्ताव गरिएको हो । कुन दर्जामा कतिवटा पद थप्न प्रस्ताव गरिएको छ, भन्नेबारे खुलाइएको छैन । सशस्त्रमा दरबन्दी थप्ने प्रस्ताव गृहबाट अर्थ मन्त्रालयमा पुगेको छ ।
सशस्त्र प्रहरीमा अहिले ३६ हजार भन्दाबढी दरबन्दी कायम छ । दरबन्दी थोरै हुँदा इन्स्पेक्टरमा भर्ना भएका अधिकृतहरूको वृत्ति विकास लामो सयमदेखि रोकिएको छ । तल्लो दर्जामा पनि बढुवा जाम भएको जनाइएको छ ।
