दोलखामा कार्कीलाई पछि पार्दै शिवाकोटीले लिए अग्रता

तु खबर संवाददाता
२०७९ मंसिर १८, आईतवार ०७:५१

दोलखा । दोलखामा जारी मतगणनामा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता लिएका छन् । माओवादीका गङ्गा कार्कीलाई पछि पार्दै शिवाकोटीले अग्रता लिएका हुन् ।

हालसम्म ३६ हजार ३३६ मत गन्दा एमालेका शिवाकोटीले १६ हजार २१४ मत गरेका छन् भने उनका प्रतिस्पधी माओवादीका कार्कीले १४ हजार ७११ मत प्राप्त गरेका छन् ।

शिवाकोटी कार्कीभन्दा १ हजार ५०३ मतले अगाडि छन् । यसअघि सुरुवातीदेखि नै माओवादीका कार्की अगाडि थिए ।