स्याङ्जा २ मा कांग्रेसका गुरुङको अग्रता कायमै

तु खबर संवाददाता
२०७९ मंसिर १५, बिहीबार १६:३३

काठमाडौं । स्याङ्जा २ मा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायम राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार, गुरुङले ६ हजार ६२५ मतसहित अग्रता कायमै राखेका हुन् ।

नेकपा एमालेकी उम्मेदवार पदमा अर्यालले ४ हजार ९३३ मत पाएकी छन् । उनीहरुबीचको मतान्तर १ हजार ६९२ छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले १ हजार ८७५ मत पाएका छन् ।

यही मंसिर ४ मा मतदान भएपछि नेकपा एमालेले धाँधली भएको भन्दै पुनः मतदानको माग गरेर निर्वाचन आयोगमा निवेदन दिएको थियो । आयोगले १२ दिनपछि बुधबार पुनः मतदान नगर्ने निर्णय गरेपछि बुधबार रातिदेखि नै मतगणना सुरु भएको हो ।