मतान्तर घटाउँदै मन्त्री ज्ञानेन्द्र कार्की
धरान । सुनसरी क्षेत्र नम्वर ४ मा संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेकपा एमालेका जगदिशप्रसाद कुसियैतसँग मतान्तर घटाउँदै लगेका छन् ।
यसअघि उनी कुसियैतभन्दा ८२ मतान्तरले पछि परेका कार्कीले पछिल्लो मतपरिणाम अनुसार, मत अन्तर २७ मा झारेका छन् । जनता समाजवादी पार्टीको सहयोगमा उम्मेदवार रहेका कुसियैतले २९ हजार ९६६ मत पाउँदा कार्कीले २९ हजार ९३९ मत प्राप्त गरेका छन् ।
