स्याङ्जामा स्थगित मतगणनाका पुनः संचालन गर्न सर्वदलीय बैठक बोलाइयो

तु खबर संवाददाता
२०७९ मंसिर १४, बुधबार १७:४९
file-photo

काठमाडौं । निर्वाचन आयोगको निर्देशनपछि स्याङ्जामा मतगणना सुरु गर्न सर्वदलीय बैठक बोलाइएको छ । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका दिन केही मतदान केन्द्रमा बुथ क्याप्चर भएको भन्दै एमालेले उजुरी गरेपछि मतगणना कार्य स्थगित भएको थियो ।

बुधबार बसेको आयोगको बैठकले बाजुरा र स्याङ्जामा मतगणना गर्न निर्देशन दिएपछि मतगणना कार्य अघि बढाउन सर्वदलीय बैठक बोलाइएको स्याङ्जा क्षेत्र नम्वर २ मा निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिए ।

सो क्षेत्रमा एमाले उम्मेदवार एवम् पूर्व मन्त्री पद्मा अर्याल र कांग्रेसका उपसभापति धनराज गुरुङबीच मुख्य प्रतिस्पर्धा रहेको छ ।